निभा राई उदीयमान खेलाडी घोषित
सारांश
- पोखरामा आयोजित १०औँ रारा पोखरा स्पोर्टस् अवार्डमा ब्याडमिन्टन खेलाडी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भएकी छिन् ।
- राईलाई ३५ हजार नगद सहित अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
- १५ वर्षीया निभाले १० वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेकी हुन् र विभिन्न राष्ट्रिय च्याम्पियनसिप जितिसकेकी छिन् ।
पोखरा । १०औँ रारा पोखरा स्पोर्टस् अवार्डमा ब्याडमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा राईलाई वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा राईसँगै एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोकका सचिन सुनार परेका थिए । उनलाई ३५ हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पोखराको बिरौटा बस्ने १५ वर्षीया निभा नेपाली ब्याडमिन्टन खेल क्षेत्रमा उदाउँदो खेलाडीका रूपमा स्थापित छन् । निभाले १० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको र्याकेट समात्न थालेकी हुन् ।
प्रशिक्षण लिएको ९/१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन् ।
त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन् । हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन् भने अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँच भित्र पर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण