विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा लागुऔषध, ज्यान मार्ने उद्योग, चेक अनादर र चोरी मुद्दाका प्रतिवादीहरू समावेश छन्।
- पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत वैशाख ३० र ३१ गते उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा लागुऔषध गाँजा मुद्दाका गढिमाई–९ का निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका मौलापुर–२ का राजेश महतो, चेक अनादर मुद्दाका वृन्दावन–७ का धनराज पण्डित र चन्द्रपुर–८ की नगिना साह सोनार रहेका छन्। यस्तै, चोरी सम्बन्धी कसुरमा सजाय सुनाइएका माधव नारायण न.पा.६ का बिशेश्वर महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामध्ये निरज यादवलाई २ महिना कैद र २ हजार जरिवाना तथा बिशेश्वर महतोलाई ८ महिना कैद र ५ हजार जरिवानाको फैसला भएको थियो। अन्य प्रतिवादीहरूबाट जरिवाना रकम असुल गरिने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण