मधेसका ‘सीएम’ लाई समर्थन गर्ने/नगर्नेमा जसपा नेपाल विभाजित
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने तयारी गर्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा मतभेद देखिएको छ।
- जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न नसक्दा मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय हेरफेर गर्नुपरेको छ।
- पार्टीभित्रै सरकारमा जान नहुने र गएमा आफूहरूले नेतृत्व गर्नुपर्ने जस्ता विभिन्न धारणा आइरहेका छन्।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री ‘सीएम’ कृष्ण यादव यही जेठ ८ गते विश्वासको मत लिने तयारीमा छन् । तर, निर्णायक स्थानमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालमा भने दुई धार देखिएको छ । अर्थात विभाजित बन्न पुगेकाे छ । मत बाँझिएसँगै पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने/नदिनेबारे अहिलेसम्म निर्णय गर्न सकेको छैन।
जसपा नेपालको शुक्रबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने/नदिनेबारे निर्णय लिन सकेन । जसकारण मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय हेरफेर गर्नुपर्याे ।
जसपा नेपालमा २६ जना सांसद छन् । त्यसमध्ये अधिकांश सांसदहरूले सरकारमा जान नहुने बताइरहेका छन् । तर सरकारमा जानैपर्ने अवस्था आएमा आफूहरूले नै नेतृत्व गर्नुपर्ने उनीहरूको भनाइ छ ।
बैठक स्रोतका अनुसार जसपा नेपालका प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री लालबाबु राउत, मनिष सुमन, राजु गुप्ता, रानी शर्मालगायत सांसदहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
मनिष सुमन, रानी शर्मा तिवारी र राजु गुप्ता यादव नेतृत्वको सरकारमा छन् । उनीहरुले अहिले नीति तथा कार्यक्रम एवं बजेट बनाउने समयमा सरकार फेरबदलको काममा लाग्न नहुनेमा जोड दिएका एक नेताले बताए ।
प्रदेश सभा सदस्य राउतले वर्तमान सरकारलाई समर्थन गरेर अघि बढ्ने बताए । उनले भने, ‘हालसम्म वर्तमान सरकारलाई नै समर्थन गर्ने सहमतिमा पार्टी पुगेको छ, ८ गतेसम्म अर्को कुनै परिस्थिति बन्यो भने त्यो बेग्लै कुरा हो,‘तर हालसम्मको अवस्था हेर्दा मुख्यमन्त्रीमा कृष्ण यादवलाई नै समर्थन गरेर जाने कुरा छ ।’
यस्तै जसपा नेपालका केही नेताहरू भने सरकारले लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीको आलोचना गरिरहेका छन् । विगतको सरकारमा भन्दा वर्तमान सरकारको कार्यमूल्यांकन कमजोर रहेको भन्दै केही नेताहरू सरकारको विरोध गर्दै आएका छन्
पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका नेता सरोज यादव (बारा)ले मुख्यमन्त्री यादवले लक्ष्य अनुरूप काम गर्न नसकेको आरोप लगाए ।
नीति तथा कार्यक्रम एवं बजेटले तय गरिसकेका कामहरू पनि गर्न नसकिएको उनले दाबी गरे । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको नेता यादवले बताए ।
जसपा नेपालकै अर्का प्रदेश सभा सदस्य जैनुल राइनले प्रदेशले जुनसुकै निर्णय गरेपनि अन्तिममा केन्द्रको निर्देशन नै सर्वमान्य हुने उनले बताए । ८ गतेभित्र आउने केन्द्रको निर्देशन अनुसार नै आफूहरू अघि बढ्ने प्रदेश सभा सदस्य राइनले बताए ।
मुख्यमन्त्री यादवलाई नै समर्थन गर्ने कुरा भएपनि विश्वासको मत लिने कार्यक्रम नै सरेपछि अर्को निर्णय गर्न सक्ने अवस्था रहेको बताए । उनले भने,‘मधेस प्रदेश संसदीय दलभन्दा पनि केन्द्रले यस बारेमा के निर्णय गर्छ, त्यसमा सबै कुराको भर पर्छ’ ।
संसदीय दलको नेता बन्न दौडधुप
जसपा नेपाल र लोसपा नेपालबिच एकता भएको थियो । निर्वाचन आयोगले मान्यता समेत दिइसकेको छ । यसैबिच मधेस प्रदेशमा संसदीय दलको नेता बन्नका लागि नेताहरू दौडधुपमा छन् ।
दुवै पार्टीका नेताहरूले संसदीय दलको नेता दाबी गरेका छन् । मधेस प्रदेशको संसदीय दलको बैठकले निर्णय गर्नुपर्ने एक नेताले बताए । तर प्रदेशले नेता चयन गर्न नसके केन्द्रले निर्णय गरेर पठाउने ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण