राफिन्हा चम्किँदा बार्सिलोना विजयी
सारांश
- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोलले पराजित गरेको छ ।
- बार्सिलोनाका लागि राफिन्हाले दुई गोल गरे भने जोआओ क्यान्सेलोले एक गोल थपे ।
- जितसँगै बार्सिलोनाले लिग शीर्ष स्थानमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि ३–१ को सहज जित निकालेको छ । यो जितसँगै उपाधी विजेता बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन ब्राजिलियन स्टार राफिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । खेलको २७ औँ मिनेटमा राफिन्हाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्यो । ६१ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । तर, खेलको ६८ औँ मिनेटमा रियल बेटिसका इस्कोले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।
त्यसको पाँच मिनेटपछि नै, खेलको ७३ औँ मिनेटमा जोआओ क्यान्सेलोले गोल गरेपछि बार्सिलोनाले ३–१ को जित सुनिश्चित गर्यो।
यो महत्त्वपूर्ण जितसँगै विजेता बार्सिलोनाको ९४ अंक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण