साँगा चोकमा यसरी बन्दै छ अण्डरपास (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत भक्तपुर र काभ्रेपलान्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो ।
हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई–दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बायाँतर्फ दुई लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्बाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ ।
अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ । यसमध्ये २० मिटर पुल, बनेपातर्फ १९० मिटर तथा भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक निर्माण भइरहेको छ । अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहनेछ ।
_Fjw7Q23L2Y.jpg)
हालसम्म अण्डरपास निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । अन्डरपासको मुख्य संरचना र एप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड शेयरवाल र पेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ ।
_EgHWsk39OY.jpg)
निर्माण सम्पन्न भएपछि भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अण्डरपासमार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट भक्तपुर आउने सवारीसाधन माथिल्लो सडकमार्ग प्रयोग गर्नेछन् ।
_4UV1G8SzlN.jpg)
अण्डरपास निर्माण कार्य सूर्यविनायक–साँगा सडक खण्डको ठेक्का पाएको निर्माण कम्पनीले नै गरिरहेको हो । तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
_67Ii1SWCbc.jpg)
_pynj8OM4cn.jpg)
_DG4jlUwNfx.jpg)
_6J0zwiy5cI.jpg)
_sa2D69zc9h.jpg)
_nzlyaKJnUG.jpg)
_VZaEZVPjQl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण