हिजबुल्लाहको वित्तीय सञ्जालबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार प्रदान गरिने
काठमाडौँ। अमेरिकी विदेश मन्त्रालयले लेबनानी सशस्त्र समूह हिजबुल्लाहको वित्तीय सञ्जालसम्बन्धी जानकारी उपलब्ध गराउने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सूचनामा हिजबुल्लाहका “वित्तीय सञ्जाल, नेताहरू वा कार्यकर्ताहरू” सम्बन्धी जानकारी भएमा गोप्य टिप लाइनमा पठाउन आग्रह गरिएको छ । हिजबुल्लाहको वित्तीय गतिविधि अवरुद्ध गर्न सहयोग गर्ने सूचना दिनेलाई अधिकतम १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिइनेछ।
यसअघि पनि अमेरिका सरकारले हिजबुल्लाहसँग सम्बन्धित व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्धहरू लगाएको थियो, जसमा लेबनानका संसद् सदस्यहरू समेत परेका थिए।
यसको प्रतिक्रियामा हिजबुल्लाहले ती प्रतिबन्धहरूलाई “स्वतन्त्र लेबनानी जनतालाई धम्क्याउने प्रयास” भनेको थियो। समूहले यी कदमहरूले आफ्नो रणनीतिक निर्णयमा कुनै असर नपर्ने पनि दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण