मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

शुक्रबार, ०८ जेठ २०८३, २२ : ३७
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो-प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबिच नेपाल-बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल भएको छ ।
  • लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तारका साथै पूर्व ब्रिटिश गोर्खाहरूका समस्या समाधानमा जोड दिइएको छ ।
  • तीन दिने नेपाल भ्रमणका क्रममा मन्त्री मल्होत्राले अन्य सरकारी मन्त्रीहरूसँग भेटघाट गर्ने र लुम्बिनी तथा कपिलवस्तुको भ्रमण गर्ने कार्यक्रम छ ।

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबिच भेटवार्ता भएको छ ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको मन्त्रालयले जनाएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौँदेखि समाधान नभएका चिन्ता र गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गरेका थिए । मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेकी हुन् । भ्रमणका क्रममा उनले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप