मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘हेरा फेरी ३’ को भविष्य फेरि अन्योलमा, अक्षयपछि परेश रावलको बहिर्गमनको चर्चा

आइतबार, १० जेठ २०८३, ११ : १३
आइतबार, १० जेठ २०८३

सारांश

  • हेरा फेरी ३ चलचित्रको भविष्य अन्योलमा देखिएको छ, जसमा परेश रावलले चलचित्र छोडेको चर्चा छ।
  • परेश रावलले चलचित्रका लागि लिएको अग्रिम रकम र १५ प्रतिशत ब्याज फिर्ता गरेको बताइएको छ।
  • अभिनेता अक्षय कुमारले पनि चलचित्र अहिले नबन्ने र यसका धेरै समस्या रहेको बताएका छन्।

मुम्बई । घोषणा भएको दिनदेखि नै चलचित्र ‘हेरा फेरी ३’ लगातार चर्चा र विवादमा रहँदै आएको छ । विवादका कारण यस चलचित्रको भविष्य अन्योलमा देखिन्छ। यसअघि पनि परेश रावलले चलचित्र बिचमै छोडेका थिए, यद्यपि पछि उनी पुनः यसको हिस्सा बने। तर, अहिले फेरि परेश रावलले चलचित्र छोडेको समाचार बाहिर आएका छन्।

बलिउड हंगामाका अनुसार परेश रावलले चलचित्रका लागि लिएको अग्रिम रकम फिर्ता गरिदिएका छन् । उनले उक्त रकमसँगै १५ प्रतिशत ब्याज समेत बुझाएको रिपोर्टमा उल्लेख छ।

स्रोतलाई उद्धृत गर्दै लेखिएको छ, ‘परेश रावलको कुल पारिश्रमिक १५ करोड भारतीय रुपैयाँ थियो। सम्झौता पत्रमा परेश रावलले बाँकी रकम अर्थात् १४ करोड ८९ लाख रुपैयाँ चलचित्र रिलिज भएको ठिक एक महिनापछि मात्र पाउने उल्लेख थियो। यही बुँदालाई लिएर परेश रावलको केही आपत्ति थियो ।

यसबाहेक चलचित्रको छायाङ्कन अर्को वर्ष मात्र सुरु हुने तयारी थियो, जसको अर्थ चलचित्र सन् २०२७ मा मात्र रिलिज हुने सम्भावना थियो। यसले गर्दा परेशले आफ्नो पारिश्रमिक पाउनका लागि कम्तीमा दुई वर्ष पर्खनुपर्ने हुन्थ्यो।’

यद्यपि, परेश रावल चलचित्रबाट बाहिरिएको विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन। रिपोर्टमा अगाडि लेखिए अनुसार ‘भूत बंगला’ को सेटमा ‘हेरा फेरी ३’ को अनाउन्समेन्ट टिजरको छायाङ्कन भइसकेको छ।

यसअघि सञ्चारकर्मी शुभाङ्कर मिश्रासँगको कुराकानीमा अभिनेता अक्षय कुमारले चलचित्र ‘हेरा फेरी ३’ को बारेमा कुरा गरेका थिए। 

उनले भनेका थिए, ‘यो चलचित्र अहिलेका लागि बनिरहेको छैन, म आफैँ पनि अचम्ममा परेको थिएँ, केही छैन, हामीले वेलकम बनायौँ, सबै कुरा ठीक हुनका लागि केही मन्त्र पढ्नुपर्ने देखिन्छ, अहिले एक वर्ष त यो बन्दैन, यसका धेरै समस्याहरू छन्, तर हामी तीन जना सँगै नभएका भने होइनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप