हिजबुल्लाले तत्काल हतियार छाड्दैन : कासेम
सारांश
- हिजबुल्लाहका महासचिव शेख नइम कासेमले इजरायली आक्रमण र सम्भावित नरसंहार रोक्न संगठनले हतियार नछाड्ने बताएका छन् ।
- उनले इजरायल र अमेरिकासँगको प्रत्यक्ष वार्ताले जायोनिस्ट शासनको हित पूरा गर्ने र १५ महिनाको कूटनीतिपछि पनि लेबनानी सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए ।
- कासेमले लेबनानमा इजरायली नरसंहारको चेतावनी दिँदै लेबनानी सरकार पूर्ण रूपमा स्वतन्त्र र सक्षम नभएसम्म हतियार नत्यागिने स्पष्ट पारेका छन् ।
बेरुत । लेबनानी सशस्त्र समूह हिजबुल्लाहका महासचिव शेख नइम कासेमले लेबनानमा इजरायली आक्रमण र सम्भावित ‘नरसंहार’ रोक्न आफ्नो सङ्गठनले हतियार उठाइराख्ने बताएका छन् ।
आइतबार ‘प्रतिरोध तथा स्वतन्त्रता दिवस’ को अवसरमा सम्बोधन गर्दै कासेमले प्रतिरोध आन्दोलन ‘उम्माहका शहिद नेता’ हसन नसरल्लाहको नेतृत्वबाट जन्मिएको बताए ।
लेबनानी सरकारले इजरायल र अमेरिकासँग प्रत्यक्ष वार्ता गर्नुको कुनै अर्थ नरहेको दाबी गर्दै ती वार्ताले केवल ‘जायोनिस्ट शासन’ को हित पूरा गर्ने आरोप पनि उनले लगाए ।
कासेमका अनुसार १५ महिनाको कूटनीतिपछि पनि लेबनानी सरकारले जायोनिस्ट दुस्मनविरुद्ध कुनै उपलब्धि हासिल गर्न सकेको छैन । अमेरिका निष्पक्ष मध्यस्थकर्ता नभई आफ्नै स्वार्थ पूरा गर्न सक्रिय रहेको आरोप पनि उनले लगाए ।
हिजबुल्लाहलाई निःशस्त्र बनाइएमा लेबनानमा फेरि इजरायली नरसंहार हुनसक्ने चेतावनी दिँदै उनले सङ्गठनले आफ्ना हतियार राखिराख्ने स्पष्ट पारेका छन् । उनका अनुसार, लेबनानी सरकार पूर्णरूपमा स्वतन्त्र र सक्षम नहुँदासम्म प्रतिरोधी शक्तिले हतियार त्याग्ने छैन ।
इजरायललाई विस्तारवादी शत्रुको संज्ञा दिँदै उसले लेबनानमा प्रतिरोध शक्तिलाई क्रमिक रूपमा समाप्त गर्न खोजिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण