इरानी नागरिकमाथि अमेरिकाले नयाँ हतियार प्रणाली परीक्षण गरेको इरानको आरोप
सारांश
- इरानले अमेरिकामाथि युद्धका क्रममा नागरिकलाई लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरेको आरोप लगाएको छ ।
- इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले २८ फेब्रुअरीमा भएको अमेरिकी मिसाइल आक्रमणमा 'एयरबस्र्ट मिसाइल' नामक नयाँ प्रणाली प्रयोग गरिएको दाबी गरेका छन् ।
- इरानी पक्षले यस आक्रमणलाई इरानी नागरिकहरूमाथि नयाँ हतियार प्रणालीको परीक्षण गर्ने सुनियोजित र घृणित युद्ध अपराध भनेको छ ।
तेहरान । इरानले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै युद्धका क्रममा नागरिकलाई लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरिएको दाबी गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यो घटना युद्धको पहिलो दिनमै भएको बताए ।
उनका अनुसार २८ फेब्रुअरीमा भएको अमेरिकी मिसाइल आक्रमण अमेरिका र इजरायलबीचको युद्धको सुरुवाती चरणमै इरानको एक खेलकुद हलमा भएको थियो । उक्त आक्रमणमा २४ जनाको मृत्यु भएको दाबी गरिएको छ, जसमा दुई वर्षकी बालिका पनि रहेको उल्लेख छ ।
इरानी पक्षले यो आक्रमणमा ‘एयरबस्र्ट मिसाइल’ नाम गरेको नयाँ प्रणाली प्रयोग गरिएको आरोप लगाएको छ । उनीहरूको भनाइअनुसार यस प्रकारका मिसाइलहरूले विस्फोटपछि टंगस्टनका उच्च–वेगका साना कणहरू फैलाएर ठूलो क्षेत्रमा क्षति पुर्याउँछन् ।
इरानका विदेश मन्त्रालयका प्रवक्ताले यसलाई साधारण गल्ती नभई योजनाबद्ध परीक्षण भएको दाबी गरेका छन् । ‘यो कुनै गल्ती थिएन– यो त इरानी नागरिकहरूमाथि नयाँ हतियार प्रणालीको विनाशकारी शक्ति परीक्षण गर्ने सुनियोजित निर्णय थियो ।’ बघाईले पोष्टमा लेखेका छन् । यस्तो कार्य ‘स्पष्ट र घृणित युद्ध अपराध हो ।’ पोष्टमा अझ अगाडि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण