सर्वोच्चका न्यायाधीश बिरामी, आर्थिक सहयोग गर्न अपिल
मङ्गलबार, १२ जेठ २०८३, १८ : ५६
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर बिरामी परेर भारतमा उपचार गराइरहेका छन् ।
श्रेष्ठ बिरामी भएपछि गत वैशाख ११ गतेदेखि इजलास बसेका थिएनन् । न्यायाधीश श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् ।
न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाउँदै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथाशक्य आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ ।
सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गर्दै शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण