नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न
सारांश
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
- कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विज्ञ डा. हरि कुमार नेपालले बीमा क्षेत्रको कानुनी व्यवस्था, जोखिम पहिचान, ग्राहक पहिचान र शंकास्पद कारोबार पहिचानका विषयमा जानकारी दिए।
- कम्पनीले वित्तीय पारदर्शिता सुदृढ बनाउन र वित्तीय अपराध न्यूनीकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने जनाएको छ।
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता थियो।
प्रशिक्षणमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विज्ञ डा. हरि कुमार नेपालले बीमा क्षेत्रको कानुनी व्यवस्था, जोखिम पहिचान, ग्राहक पहिचान र शंकास्पद कारोबार पहिचानका विषयमा जानकारी दिए। उनले अन्तर्राष्ट्रिय अभ्यास र व्यवहारिक कार्यान्वयनका पक्षबारे विस्तृत प्रस्तुति दिएका थिए।
सो अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन र अनुपालनले नै कम्पनीलाई सुरक्षित र दिगो बनाउने बताए।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नियामकीय आवश्यकतालाई कम्पनीको दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिए। वित्तीय पारदर्शिता सुदृढ बनाउन र वित्तीय अपराध न्यूनीकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण