बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका हाइलाइट

शुक्रबार, १५ जेठ २०८३, १८ : ४९
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको २१ खर्ब २४ अर्ब ३४ करोड बराबर बजेट ल्याएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।

उनले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरेको छ । त्यस्तै,राजस्व १४ खर्ब ५ अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उल्लेख गरेको छ ।

त्यस्तै, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहनेछ ।  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्याङ्क कार्यालयले जनाएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले घोषणा गरेको छ । 

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यका मुख्य हाइलाइटहरू

–बजेट आकार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ

–७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने

–मुद्रास्फीतिलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य 

करदातालाई ठुलो राहत 

–व्यक्तिगत आयकरको सीमा दोब्बर गरी १० लाख

–व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घट्यो 

–३१ वटा सरकारी निकाय खारेज

–६ वटा एकापसमा गाभिने

–१८ वटाको पुनर्संरचना गरिने

–राष्ट्रसेवक कर्मचारीको तलब २१ वृद्धि 

– एक वर्षमा थप १ हजार ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने

–विद्युत् प्राधिकरणलाई टुक्र्याएर तीन वटा छुट्टाछुट्टै कम्पनी बनाइने 

–न्यूनतम २ करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनमा लगानी गर्ने कृषकलाई प्रारम्भिक पुँजीको ४० प्रतिशतसम्म अनुदान

– निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिइने 

–देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना 

–सन् २०८५ लाई भिजिट नेपाल वर्ष’ र सन् २०८७ लाई नेपाल आरोग्य वर्षका रूपमा मनाउने घोषणा 

–आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने

–सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार 

– दलित तथा बालबालिकाले पाउने बालपोषण भत्ता दोब्बर गरी मासिक १ हजार रुपैयाँ 

– विदेशी नागरिकलाई सर्तसहित अपार्टमेन्ट खरिद गर्न दिने

– गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था 

–महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि

–नवउद्यम (स्टार्ट–अप)र विज्ञान प्रविधि अनुसन्धानलाई प्रोत्साहन 

– महिलाहरूको लागि ब्लु बस सेवा सञ्चालन

–विप्रेषण–लगानी मिलान कोष सञ्चालन र बिना धितो ऋण दिने व्यवस्था 

–चुरोट, बिँडी र सुर्तीजन्य पदार्थमा करिब दश प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि 

–सामाजिक सुरक्षा भत्तामा ’सक्नेले छोडौँ’ नीति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप