शतक बनाउन चुके वैभव, राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य
मुल्लापुर । आईपीएल २०२६ को क्वालिफायर–२ मा राजस्थान रोयल्सले गुजरात टाइटन्ससामु जितका लागि २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुल्लापुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको हो । राजस्थानका लागि युवा ब्याटर वैभव सूर्यवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ९६ रनको योगदान दिए, उनले मात्र ४७ बलको सामना गर्दै २०४.२६ को स्ट्राइक रेटमा ८ चौका र ७ छक्का प्रहार गरे ।
त्यस्तै, अनुभवी अलराउन्डर रवीन्द्र जडेजाले नटआउट ४५ रनको संयमित पारी खेले भने डोनोवन फरेराले आक्रामक ब्याटिङ गर्दै मात्र ११ बलमा अविजित ३८ रन जोडेर टोलीको स्कोरलाई २०० रनको पार गराउन महत्त्वपूर्ण भूमिका खेले ।
गुजरात टाइटन्सका बलरहरूले राजस्थानको आक्रामक ब्याटिङ सामु निकै संघर्ष गर्नुपरेको थियो । गुजरातले जवाफी ब्याटिङ सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण