संसद् बैठक
संसदमा अमर्यादित व्यवहार देखाउने सांसदलाई कारबाही गर्ने मुडमा सभामुख
सोमबार, १८ जेठ २०८३, १४ : ०५
सारांश
- प्रतिनिधिसभा बैठक १ बजेका लागि बोलाइएकोमा सभामुख आन्तरिक छलफलमा व्यस्त भएकाले ढिलाइ भएको छ ।
- सभामुखले संसदीय मर्यादाविपरीत अभिव्यक्ति दिने र कार्यशैली देखाउने सांसदहरूलाई कारबाही गर्नेबारे छलफल गरेका छन् ।
- आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने एमालेका सांसदहरू ऐन महर, रिगला यादव लगायतलाई कारबाही गर्ने तयारी छ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुन ढिला भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ढिला हुनुमा सभामुख डीपी अर्याल आन्तरिक छलफलमा व्यस्त भएकोले बताइएको छ ।
स्रोतका अनुसार आइतबारको प्रतिनिधिसभा बैठकमा संसदीय मर्यादाविपरित अभिव्यक्ति दिने र कार्यशैली देखाउने सांसदहरूलाई कारबाही गर्ने कि नगर्ने भनेर सभामुखले सोमबार छलफल गरेका हुन् ।
‘हिजो संसदमा प्रतिपक्ष सांसदहरूले देखाएको गतिविधि आपत्तिजनक छ’, सभामुख निकट स्रोतले भन्यो, ‘हिजोको संसदमा अमर्यादित गतिविधि गर्नेहरूको फोटो भिडियो नियाल्ने काम भइरहेको छ ।’
त्यसका लागि संसद्का महासचिव र सचिवसँग छलफल गरेका सभामुखले नियमावलीअनुसार कारबाही गर्ने तयारी गरेका छन् । आइतबारको संसद् बैठकमा एमालेका सांसदहरू ऐन महर, रिगला यादव लगायतका सांसदहरूले अमर्यादित व्यवहार प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण