मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एमाले महासचिवको निर्देशन– चाहेको बेला काठमाडौँमा ५ हजार उभ्याउन सक्ने आधार तयार गर्नू

मङ्गलबार, १९ जेठ २०८३, १७ : ४२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौँमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने आधार तयार गर्न जनसङ्गठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन् ।
  • उनले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन र सङ्गठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
  • महासचिव पोखरेलले पार्टीभित्र समस्या रहेको भन्दै निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौँमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने आधार तयार गर्न जनसङ्गठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलवार बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबिचको सम्बन्ध थप सुदृढ बनाउन तथा सङ्गठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । 

‘जति बेला सङ्कट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ । नेतृत्वको खुबी र क्षमता पनि सङ्कटमै देखिन्छ’, महासचिव पोखरेलले भने, ‘सङ्कटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्‍याउन सक्छ । त्यसैले धैर्यता र एकता कायम राखेर अघि बढ्नुपर्छ ।’

पार्टीभित्र समस्या रहेको भन्दै उनले निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । 

महासचिव पोखरेलले पार्टीमाथि जनताको भरोसा र सम्बन्धलाई समग्र रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन नसके सङ्गठनात्मक चुनौतीहरू थप जटिल बन्न सक्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप