फरक मत राख्नेलाई ओलीको जवाफ : शिर काटेर टेबुलमा राख्नुपर्छ भन्ने भ्रम पालियो
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्वको आलोचना गर्नेहरू भ्रममा रहेको बताएका छन् ।
- उनले पार्टी एकताबद्ध हुन जरुरी रहेको र केही साथीहरूमा शिर काटेर टेबलमा राख्दिए पार्टी अघि बढ्छ भन्ने भ्रम देखिएको बताए ।
- ओलीले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको प्रश्न उठिरहेका बेला आफ्नो आलोचना गर्नेहरूलाई विरोधीहरूको सामना गर्न पार्टी एकताबद्ध हुनुपर्ने जवाफ दिएका हुन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्वको आलोचना गर्नेहरू भ्रममा रहेको बताएका छन् । काठमाडौँमा बुधबारबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले पार्टी एकताबद्ध हुन जरुरी रहेको पनि बताए । ‘कतिपय साथीहरूमा भ्रम अन्योल देखियो । विरोधीले गरेको हमला नबुझ्ने अनि आफैँले कमी गरियो भनेर भर्त्सना गर्ने’, ओलीले भने, ‘केही लागेन भने शिर काटेर टेबुलमा राख्दियो भने पार्टी मज्जाले अघि बढ्छ भन्ने भ्रम पाल्ने । त्यो खालका सोचहरू पनि पार्टीमा यदाकदा देखिए ।’
उनले पार्टीमा समीक्षा हुनुपर्ने तर पार्टीलाई नै चुस्त दुरुस्त बनाउन समीक्षा हुनुपर्ने बताए । पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको प्रश्न उठिरहेका बेला अध्यक्ष ओलीले आफ्नो आलोचना गर्नेहरूलाई यस्तो जवाफ दिएका हुन् । विरोधीहरूको सामना गर्न हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ । पार्टीका नीति र विचारमा एकताबद्ध हुनुपर्छ’, ओलीले भने, ‘कोही यता फर्केर बोल्ने, कोही अर्कोतिर फर्केर बोल्ने होइन । अनुशासित ढङ्गले चल्ने पार्टी हुनुपर्छ ।’
अध्यक्ष ओलीले पार्टीका विधि, विधान र पद्धति छाडेर कोही हस्ताक्षर गर्न कुद्ने, कोही भ्रम फैलाउँदै कुदनाले पार्टीलाई पद्धतिमा हिँडाउन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण