अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
सारांश
- हप्तामा ९० देखि १२० मिनेटको स्ट्रेन्थ ट्रेनिङले जुनसुकै कारणले हुने मृत्युको खतरा १३ प्रतिशतसम्म घटाउँछ।
- यस किसिमको व्यायामले मुटुसम्बन्धी रोगको जोखिम १९ प्रतिशत र नसासम्बन्धी रोगको जोखिम २७ प्रतिशतसम्म कम गर्न सक्छ।
- एक हप्तामा १२० मिनेटभन्दा बढी स्ट्रेन्थ ट्रेनिङ गर्नाले कुनै अतिरिक्त फाइदा नहुने शोधकर्ताहरूले स्पष्ट पारेका छन्।
काठमाडौँ । के तपाईंलाई थाहा छ थोरै व्यायामले तपाईंको आयु बढाउन सक्छ ? हालै ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा एउटा निकै महत्त्वपूर्ण अनुसन्धान प्रकाशित भएको छ। यस अध्ययनका अनुसार यदि तपाईं हप्तामा केही समय स्ट्रेन्थ ट्रेनिङ अर्थात शारीरिक शक्ति बढाउने व्यायाम गर्नुहुन्छ भने जुनसुकै कारणले हुने मृत्युको खतरा धेरै हदसम्म कम हुन्छ।
यस अनुसन्धानसँग जोडिएका खास कुराहरूलाई विस्तृत रूपमा बुझौँ।
कति समयको ट्रेनिङ फाइदाजनक हुन्छ ?
अध्ययनको तथ्याङ्कले देखाए अनुसार हरेक हप्ता ९० देखि १२० मिनेटसम्म स्ट्रेन्थ ट्रेनिङ गर्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ। यति समय ट्रेनिङ गर्नाले जुनसुकै कारणले ज्यान जाने जोखिम १३ प्रतिशतसम्म घट्छ।
यदि तपाईंले यसका साथै थोरै एरोबिक व्यायाम जस्तै दौडने वा साइकल चलाउने पनि आफ्नो दिनचर्यामा सामेल गर्नुभयो भने यसको फाइदा अझ धेरै गुणा बढेर जान्छ।
मुटु र नसाका रोगहरूमा प्रभावकारी
यस शोधको सबैभन्दा महत्त्वपूर्ण पाटो के हो भने ९० देखि १२० मिनेटको स्ट्रेन्थ ट्रेनिङले गम्भीर रोगहरूको खतरालाई पनि टार्ने गर्छ–
· मुटुको रोग– यसले मुटुसम्बन्धी रोगका कारण हुने मृत्युको जोखिम १९ प्रतिशतसम्म कम गर्छ।
·नसासम्बन्धी रोग- नसा र स्नायु प्रणालीसँग जोडिएका रोगहरूका कारण हुने मृत्युको जोखिममा २७ प्रतिशतसम्मको ठुलो गिरावट देखिएको छ।
धेरै ट्रेनिङको अर्थ धेरै फाइदा होइन
यदि तपाईंलाई धेरै जिम गर्नाले वा पसिना बगाउनाले धेरै फाइदा मिल्छ भन्ने लाग्छ भने त्यस्तो होइन। शोधकर्ताहरूले एक हप्तामा १२० मिनेटभन्दा बढी स्ट्रेन्थ ट्रेनिङ गर्नाले कुनै अतिरिक्त फाइदा नमिल्ने कुरा स्पष्ट पारेका छन्।
मृत्युको खतरालाई सबैभन्दा कम गर्नका लागि हप्तामा लगभग १२० मिनेटको समय नै सबैभन्दा उपयुक्त र उत्कृष्ट पाइएको छ।
हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार एरोबिक व्यायामका फाइदाहरू त पहिलेदेखि नै सबैलाई थाहा थियो। तर मृत्युको खतरा कम गर्नमा स्ट्रेंथ ट्रेनिङको कस्तो भूमिका हुन्छ भन्ने कुरा अहिलेसम्म पूर्ण रूपमा प्रस्ट थिएन।
यो सटिक निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरूले ३० वर्षसम्म मानिसहरूको फिटनेस र बारम्बार गरिएका रेजिस्टेन्स ट्रेनिङका मापनहरूको निगरानी गरेका थिए। यस अध्ययनमा सहभागी भएका मानिसहरूको तीन वटा फरक-फरक समूहबाट प्राप्त तथ्याङ्कको गहिराइमा पुगेर विश्लेषण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण