विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
सारांश
- विश्वभर फुटबल विश्वकपको माहोल तातेको बेला नेपालको दशरथ रंगशाला भने उचित व्यवस्थापन र मर्मतसम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ।
- रंगशालाको मैदानमा लामो घाँस उम्रिएको छ, दर्शक बस्ने कुर्सी र गोल पोस्टमा खिया लागेको छ।
- प्रतियोगिता नहुँदा पनि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मतसम्भारमा ध्यान दिनुपर्ने खेलप्रेमीहरूको भनाइ छ।
काठमाडौँ । विश्वभर अहिले फुटबल विश्वकपको माहोल तातेको छ। सहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन्।
तर नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ।

दशरथ रंगशालाको मैदान अहिले लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ। नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिएको हो।

गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन्। तर रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ।

दशरथ रंगशालामा पछिल्लो पटक सन् २०२५ फेब्रुअरी २६ मा चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यसयता यहाँ कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन।

विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।








तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण