अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययनबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण : खुश्बु ओली
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययनबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन्।
- उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले छलफल गर्नु वा अभिव्यक्ति दिनु न्यायोचित नहुने तर्क गरेकी छन्।
- उनले विचाराधीन मुद्दाका सम्बन्धमा भइरहेको वर्तमान प्रक्रियालाई तत्काल रोक्न र आधिकारिक दस्ताबेजहरूको अध्ययन गरी अदालतको फैसलापछि मात्र धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन्।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्दै प्रमुख सचेतक ओलीले प्राप्त तथ्य र व्यक्तिगत अध्ययनका क्रममा भेटिएका विवरणहरूबिच ठूलो भिन्नता देखिएको उल्लेख गरिन्।
अपूर्ण र तथ्यहीन कागजातका आधारमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले छलफल गर्नु वा अभिव्यक्ति दिनु न्यायोचित नहुने उनको तर्क छ। यस्ता संवेदनशील विषयमा स्वविवेक प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले मिडियामा आउने ‘बाइट’ हरूले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने प्रति सचेत रहन आग्रह गरिन्।
उनले भनिन्, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा हामीजस्तो जिम्मेदारीमा बसेका व्यक्तिहरूले मिडिया ट्रायल भइरहेका विषयमा गम्भीर अध्ययन नगरी धारणा राख्नु उचित हुँदैन।’
प्रमुख सचेतक ओलीले विचाराधीन मुद्दाका सम्बन्धमा भइरहेको वर्तमान प्रक्रियालाई तत्काल रोक्न सभापतिको ध्यानाकर्षण समेत गराइन्। उजुरीका आधारमा मात्र छलफल गर्नुभन्दा आधिकारिक दस्ताबेजहरूको अध्ययन गरी अदालतको फैसला आएपछि मात्रै यस विषयमा थप धारणा सार्वजनिक गर्नु उपयुक्त हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण