सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी

आइतबार, ०३ साउन २०८३, १० : ५३
आइतबार, ०३ साउन २०८३

सारांश

  • इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले सम्झौता उल्लङ्घन गरेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर मूल्यहीन भएको बताएका छन् ।
  • खामेनीले बारम्बारको सम्झौता उल्लङ्घनले ट्रम्पमाथि विश्वास गर्न नसकिने र उनको हस्ताक्षरको विश्वसनीयता नरहेको दाबी गरेका छन् ।
  • उनले अमेरिका र उसका सहयोगीहरूलाई इरानी जनता र प्रतिरोध मोर्चाबाट 'कडा पाठ सिक्ने' चेतावनी दिएका छन् ।

तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले बारम्बार सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनियता रहित देखाएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार जारी लिखित वक्तव्यमा खामेनीले इरान र अमेरिकाका राष्ट्रपतिबिच भएको समझदारी पत्र पटक–पटक उल्लङ्घन गरिएकाले ट्रम्पमाथि विश्वास गर्न नसकिने बताएका हुन् ।

‘अमेरिकाले बारम्बार गरेको सम्झौता उल्लङ्घनले राष्ट्रपति ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनीयताविहीन रहेको प्रमाणित गरेको छ,’ उनले भने । गत साता अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौता भंग भएपछि दुवै देशले एक अर्कामाथि सैन्य आक्रमण गरेका थिए ।

यसले पूर्ण युद्ध फेरि सुरु हुन सक्ने चिन्ता बढाएको छ । युद्धविराम विफल भएपछि वासिङ्टन र तेहरानबिच तनाव पुनः चुलिएको छ । पछिल्ला घटनाक्रमले पश्चिम एसियामा सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ ।

खामेनीले आफ्नो वक्तव्यमा अमेरिका र उसका सहयोगीहरूलाई चेतावनी दिँदै इरानी जनता र प्रतिरोध मोर्चाबाट अमेरिकाले ‘कहिल्यै बिर्सन नसक्ने पाठ सिक्ने दाबी गरेका छन् । यद्यपि उनले त्यसका लागि इरानले कस्ता कदम चाल्ने भन्नेबारे कुनै थप विवरण सार्वजनिक गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप