अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारी र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोले अध्यागमन सूचना प्रणालीको दुरुपयोग गरी अमेरिकी नागरिक डिन जय रोबिन्सनलाई गैरकानुनी रूपमा भिसा उपलब्ध गराएको अभियोग छ ।
- महतोलाई ऐनको दफा ९ र ११ बमोजिम सजाय र जरिवाना तथा रोबिन्सनलाई मतियार बनेको अभियोगमा मुख्य कसुरदार सरह सजाय माग गरिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका एक कर्मचारी र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सूचना प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा उपलब्ध गराएको अभियोगमा आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोले ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणालीको ‘ट्राभलर सेन्ट्रलाइजेशन’ सुविधाको दुरुपयोग गरेको आयोगको भनाइ छ ।
महतोले लक्जेम्बर्गका नागरिक पाउल क्रिस्टियन पियरे गेडिट्जको नाममा पहिले नै जारी भइसकेको आवासीय भिसालाई आवश्यक प्रक्रिया पुरा नगरी र राजस्वसमेत दाखिला नगरी अमेरिकी नागरिक डिन जय रोबिन्सनको नाममा सार्ने काम गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानका क्रममा महतोले कुनै अधिकार प्राप्त अधिकारीको निर्णयबिना नै प्रणालीमा रहेका सरकारी अभिलेखहरू सच्याउने, केरमेट गर्ने र थपघट गरी नक्कली विवरण प्रविष्ट गरेको भेटिएको छ । सोही कीर्ते विवरणका आधारमा अमेरिकी नागरिक रोबिन्सनले आफ्नो राहदानीमा भिसा टाँस गरी नेपालमा अवैध रूपमा बसोबास गर्दै आएका थिए ।
अख्तियारले कर्मचारी राजीव महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सजाय र जरिवानाको मागदाबी गरेको छ । त्यसैगरी, अमेरिकी नागरिक डिन जय रोबिन्सनलाई भ्रष्टाचारका लागि मतियार बनेको र सरकारी कर्मचारीलाई प्रलोभनमा पारी गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै कैद र जरिवाना सजायको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण