राजनीति
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
सोमबार, ११ साउन २०८३, १९ : ५१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
- बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन, मनोनयन, अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुनेछ।
- पार्टीले केन्द्रीय समिति सदस्यहरूलाई निर्धारित समयमा उपस्थित हुन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन्।
पार्टीले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण