प्रस्ताव रिजेक्ट गरिदिएँ – मनिषा
काठमाडौँ– मोडलिङ र अभिनयमा क्षेत्रमा मनिषा सापकोटाले धेरै वसन्त विताएकी त छैन् । तर पनि उनी यदाकदा चिनिन सफल छिन् । नृत्यमा पोख्त र अभिनयमा इन्ट्रेस्ट भएकी उनलाई यो क्षेत्रमा अगाडि बढ्न सुन्दर अनुहार र आकर्षक जिउडालले साथ दिएको छ ।
काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा उनले केही म्युजिक भिडियो, एक विज्ञापन र एक चलचित्र अभिनय गरेकी छन् । ती सबै सार्वजनिक हुने तरखरमा छन् । केही फेसन सोहरूको समेत अनुभव अँगालेकी उनको एक दिन कलाक्षेत्रको शिखर चुम्ने लक्ष्य रहेको छ ।
स्नातक तहमा अध्ययनरत उनलाई यो क्षेत्रमा लाग्न परिवारको पे्ररणा र सहयोग रहेको छ । एक दिन हिट हिरोइन हुने लक्ष्य लिएकी मनिषासँग रातोपाटीको दश प्रश्न ।
के सोचेर मोडलिङ रोज्नुभयो ?
–सानैदेखि अभिनय र मोडलिङमा रुचि थियो । यसमा करियर बनाउन सके भविष्य उज्ज्वल हुन्छ भन्ने लागेको छ ।
अगाडि बढ्न आफूसँग के छ प्रतिभा ?
– पहिलो कुरो त मेरो अनुहार, शारीरिक बनावटले मोडलिङमा लाग्न साथ दिएको छ । त्यसपछि म डान्समा पनि सिपालु छु । केही प्रतियोगितामा नृत्यमा प्रथम पनि भएकी छु । फेसन सोको पनि अनुभव रहेको छ । अभिनयप्रति क्रेजी पनि छु ।

आफ्नो सौन्दर्यतिर कति ध्यान दिनुहुन्छ ?
– राम्रो हुन कुन केटीलाई मन पर्दैन र ? मलाई पनि राम्रो बनेर हिँड्न मनपर्छ । ग्ल्योक्रिम, फाउन्डेसन, गाजल र लिपस्टिक अनुहारमा नछुट्ने मकअपका साधन हुन् । नुहाउनु अगाडि कपालमा भिटामिन तेलसमेत लगाउने बानी छ ।
आफूलाई फिट कसरी राख्नु हुन्छ ?
– खानेकुरामा कन्ट्रोल गर्ने गरेकी छु । जे पायो त्यही र आवश्यकभन्दा बढी खाँदिनँ । नियमित बिहान एक्सरसाइज गर्ने गरेकी छु ।
फेसनतिर रुचि होला नि ?
– धेरै छ । कुन फेसन अहिले बजारमा आयो ? अहिले के चलेको छ ? के पुरानो भयो ? के आउँदैछ ? सबैमा ध्यान दिने गरेकी छु । मलाई धेरै मनपर्ने फेसन भनेको गाउन, वान पिस हो । म राम्रो र सेक्सी भने गाउनमा देखिन्छु ।
मोडलिङको पहिलो आम्दानी ?
–आमाबुबालाई दिएँ । मैले अहिलेसम्म जति कमाएको छु । त्यो सबै आमाबुबालाई नै दिएकी छु ।
मनपर्ने परिकार ?
चिकेनको परिकार सबैभन्दा धेरै मनपर्छ ।
प्रेम त पक्कै होला ?
– छैन, छैन । अहिले म सानी नै छु । अहिले करियर बनाउनेतिर आफूलाई फोकस गर्ने समय हो । यो समयमा ब्वाइफ्रेन्ड बनायो भने आफ्नो ध्यान उतैतिर जान्छ । करियर डामाडोल हुन्छ ।
पहिलो प्रेम प्रस्ताव ?
– ११ कक्षामा पढ्दा सँगै पढ्ने केटाले फेसबुकमा प्रेम प्रस्ताव गरेका थिए । मैले अहिले बेला भएको छैन । भन्दै रिजेक्ट गरिदिएँ ।
रोजेको व्यक्तिसँग डेट जाने अवसर मिल्यो भने ?
–अभिनेता प्रदीप खड्कासँग जान चाहन्छु । उहाँ राम्रो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण