अगाडि बोल्नै डराउने, फोनबाट प्रस्ताव राख्नुभयो– कुन्जना घिमिरे
कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने उनी अहिले चलचित्र निर्माणको तयारीमा छिन् । यिनै हाँस्य अभिनेत्री कुन्जना घिमिरेसँग रातोपाटीका दश प्रश्न ।
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– २, ४ वटा कार्यक्रम र विज्ञापन अभिनयमा व्यस्त छु । अर्काे काम क्रिकेट मैदानको पेपर वर्क भइरहेको छ । एक चलचित्र बनाउने तयारी पनि गरिरहेका छौँ ।
सानो पर्दामा अब नछाउने हो ?
– अहिले नभ्याएर हो, नछाउने भन्ने होइन । कलाकार हुँ, कलाकारका लागि सानो, ठूलो पर्दा भन्ने हुँदैन । जताततै छाउने हो । अहिले विभिन्न कामले र चलचित्रको तयारीमा लागेको कारण नभ्याएकी हुँ । हाम्रो चलचित्रप्रति दर्शकको ठूलो अपेक्षा रहनछ । त्यो अपेक्षा पूरा गर्न होमवर्कमा लागेका छौँ । सानो पर्दामा अहिले माया मारेको होइन । म सानो पर्दाबाट चिनिएको कलाकार हुँ । यसलाई माया मार्न सक्दिनँ ।

निर्माणको तयारीमा रहेको चलचित्रको हिरोइन आफै हो त ?
– अहिले यसै भन्न सक्दिनँ । म पनि अभिनय गर्छु । अहिले कथाको तयारी भइरहेको छ । कोको कलाकार हुन्छन् भन्न सक्ने अवस्था छैन ।
सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ?
– पहिला पहिला म सौन्दर्यमा कन्सेन्स थिइनँ । पछिल्लो समय धेरै सामाजिक भएपछि फाउन्डेसन चलाएपछि र कार्यक्रममा व्यस्त हुन थालेपछि भने निकै ध्यान दिन थालेकी छु । धेरैले आफ्नो सौन्दर्य मेन्टेन गर्नुपर्छ भनेर पनि सुझाए । अर्काे कुरा सौन्दर्य नारीको विशेष शृङ्गार पनि हो । अहिले सौन्दर्यमा निकै ख्याल गर्छु । सन् ब्लकक्रिम, फाउन्डर, लिपस्टिक, गाजल अचेल लगाउन कहिल्यै छुटाउँदिन ।
फिटनेसमा कति ध्यान दिनुहुन्छ ?
– म अलि फुडी छु । आफूलाई फिट राख्नुपर्छ भन्ने पनि थाहा नभएको होइन । त्यसैले अहिले भर्खर जिम जान थालेकी छु । खाने कुरामा ध्यान रहन्छ । भर्खर मेन्टेनतिर लागेकी छु । बिहान खान्छु, बेलुका खाँदिनँ ।
फेसनतिर रुचि छ, कि छैन ?
–रुचि छ तर पनि पहिला म आफूलाई सजिलो के हुन्छ भनेर हेर्ने गरेकी छु । दोस्रो राम्रो देखिन्छु कि देखिदिन भनेर हेर्छु । ड्रेसहरू धेरै सपिङ गर्न मनपर्छ । वान पिस, गाउनहरूमा म राम्रो देखिन्छु । सारी पनि सुहाउँछ ।
मनपर्ने खानेकुरा ?
–बाहिर खानुपर्दा चिकेन मम मनपर्छ । घरमा भने गुन्द्रुक मनपर्छ ।
गीत सङ्गीत नि ?
– सबैखालको गीत सङ्गीत मनपर्छ । समय र परिस्थितिअनुसार गीत सुन्छु । लोक, आधुनिक, सेन्टिमेन्टल सबै सुन्छु । म सङ्गीत प्रेमी छु ।
प्रेम विवाह गर्नुभयो । पहिलो प्रेम प्रस्ताव कसले राखेको थियो ?
– उहाँले राख्नुभएको थियो । हाम्रो करियर एउटै थियो । हामी जीवनसाथी बन्दा सजिलो हुन्छ होला भनेर धुर्मुसजीले प्रेम प्रस्ताव राख्नुभयो । उहाँ बाहिर मसँग धेरै बोल्न सक्नु हुँदैन थियो । त्यसैले फोनबाट प्रेम प्रस्ताव राख्नुभएको थियो ।
पूरा नभएको सपना ?
सपनाहरू धेरै छन् । म सपना साँच्न रुचाउँछु । सानोदेखि नै मैले करिस्मा दिदी, रेखा थापा, गौरी मल्ललगायतको अभिनय हेरेर हिरोइन बन्ने सपना पालेकी छु । हेरौँ के हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण