त्यो सपना पूरा हुन सकेको छैन – शुभेच्छा खड्का
नेपाली फिल्ममा सुन्दरीहरू भटाभट जोडिन थालेका छन् । मिस नेपाललगायतका विभिन्न सौन्दर्य प्रतियोगिताबाट फिल्म क्षेत्रमा भित्रिने क्रम बढ्दो छ । प्रियङ्का कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठलगायत धेरै नाम छन्, जो सौन्दर्य प्रतियोगिताबाट फिल्ममा प्रवेश गरिसकेका छन् ।
यो भीडमा शुभेच्छा खड्का पनि थपिएकी छन् । २०१२ को मिस नेपालमा ‘मिस इन्टरनेसनल नेपाल’को उपाधि विजेता उनी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रणवीर’मार्फत अभिनयमा भित्रिएकी छन् । मिस नेपालमा सहभागी समयमै उनलाई धेरैले अफर दिए । तर उनी भीजेको रूपमा कान्तिपुर टेलिभिजनसँग जोडिन पुगिन् ।
अहिले भने उनले फिल्म अभिनयसमेत रोजेकी छन् । २०१८ को सुरुवातदेखि ‘रणवीर’सँग जोडिएकी उनलाई सम्भावना बोकेको अनुहारको रूपमा पनि हेर्न थालिएको छ । पहिले नै फिल्ममा आउन मन लागे पनि चित्त बुझ्दो अफर नभएकाले ढिलाइ भएको बताउने शुभेच्छासँग रातोपाटीको दस प्रश्न ।
अभिनयको संयोग अहिले मात्र जुर्यो, के कारणले फिल्ममा आउन पे्ररित गर्यो ?
– पहिलो कुरो त फिल्मको स्क्रिप्ट नै मनपर्यो । निर्देशकले मलाई जसरी कथा सुनाउनुभएको थियो, त्यो हेर्दा फिल्म राम्रो बन्छ भन्ने अनुमान लगाउन गाह्रो परेन । यो फिल्मको स्टोरी त नर्मल हो । तर प्रस्तुति फरक भएकाले अरू फिल्मभन्दा राम्रो बनेको छ । यो फिल्ममा प्रेमकथा, एक्सन लगायत सबै विषय छन् । तर अन्यभन्दा फरक प्रकृतिको छ ।
कस्तो भूमिकामा देख्न पाइन्छ ?
– धनी परिवारकी छोरी, जो सामाजिक कार्यमा पनि उतिकै लगाव भएकी छन् ।

आफूलाई फिट कसरी राख्नु हुन्छ ?
– नियमित एक्सरसाइज गर्छु, खानेकुरामा ध्यान दिन्छु ।
फेसनमा रुचि त पक्क होला ?
– फेसनतिर धेरै रुचि छ । बजारमा आएको नयाँ स्टाइल प्रयोग गर्न म हिचकिचाउँदिन । नयाँ स्टाइल ट्राई गर्दा आफूलाई कम्फर्टेबल लाग्यो भने किनेर लगाइहाल्ने बानी छ । फेसनको हरेक पक्षसँग अपडेट भइरहन रुचाउँछु ।
फुर्सदको समय ?
परिवारसँग बिताउँछु । समय मिल्यो भने भ्याली बाहिर घुम्न जान्छु । प्रकृतिसँग खेल्न, रमाउन मनपर्छ । हालै अन्नपूर्ण बेसक्याम्प र रारा पुगेर फर्किएँ ।
मनपर्ने खान ?
– थकाली खान धेरै मनपर्छ । त्यसको अलवा कोरियन पनि मनपर्ने खाना हो । इटाइलियन पनि ठिकै लाग्छ ।
प्रेम त पक्कै होला ?
–छैन । प्रेम गर्ने संयोक परेको छैन भनौँ । अफरहरू आइरहेका छन् । अहिले मेरो प्रेम गरेर बस्ने समय होइन ।
सपना ?
–म टेलिभिजनबाट आएको हुनाले आफ्नै एउटा सो उत्पादन गर्ने इच्छा छ । त्यसको निर्देशन पनि आफै गर्ने मन छ । त्यो पूरा हुन सकेको छैन । यो पूरा गर्नु मेरो सपना हो । फिल्म अभिनय गर्ने पनि सपना थियो । त्यो अहिले पूरा भयो ।
डेटिङ प्लेस कस्तो राम्रो ?
– डेटिङ प्लेस एक्दमै रिल्याक्स खालको हुनुपर्छ । डेटिङ भन्नेबित्तिकै एक अर्काेलाई बुझ्न, कुरा सुन्न, मनका कुरा गर्न भेट्ने ठाउँ हो । यो ठाउँ हल्लाखल्ला भएको भन्दा पनि शान्त वातावरण भएको हुनुपर्छ ।
रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– बलिउड अभिनेता रणवीर सिंह नै रोज्छु । हिजो रणवीरको सिम्बा फिल्म हेरेकी थिएँ । यो फिल्ममा रणवीरको अभिनय एकदमै राम्रो छ । ऊसँग डेट जाँदा बोर हुँदैन जस्तो लागेको छ मलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण