वरिष्ठ कलाकार राणाको गुमनाम बिदाई
काठमाडौं – इष्टमित्र ‘पर्दाका जन्ती र मर्दाका मलामी’ भन्ने नेपाली उखान पुरानो हो ।
तर वरिष्ठ कलाकार बेबेन्द्र शम्शेर राणा (वि.एस राणा) को हकमा भने यो लागु हुन सकेन । राणाले पर्दाको समय ‘जन्ती’ पाए, पाएनन् त्यो पहिलेको कुरो हो । तर मर्दा भने त्यती मलामी पाउन सकेन् ।
अर्थात शुक्रबार उनको अन्त्यष्ठीका कलाकारको खडेरी देखियो ।
शुक्रबार बिहान निधन भएका कलाकार राणाको आजै पशुपति आर्यघाटमा अत्येष्टी गरिएको छ । कलाकारिताको समय सबैको हाइहाइ पाएका राणाले अत्येष्टीमा भने धेरैको साथ पाउन सकेन् ।
श्वासप्रस्वासमा समस्या आएपछि गत शुक्रबार उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएका उनले अस्पतालमै अन्तिम श्वास फेरेका हुन् । ७८ वर्षका उनको मुटुमा समेत समस्या देखिएकोले निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
अत्येष्टी अगाडि उनको शव २ बजेदेखि ४ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमै राखिएको थियो । श्रद्धान्जली कार्यक्रममा भने चलेका कलाकर्मीको उपस्थिती शुन्यजस्तै रह्यो ।
उक्त अवसरमा निर्देशक तुलसी घमिरे, निर्माता कलाकार श्रवण घिमिरे, बरिष्ठ कलाकार निर शाह, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका महासचिव सरिता लामिछाने, पुराना कलाकार बसुन्धरा भुषाल, चैत्येदेवी, बिश्व बस्नेत, रमेश बुढाथोकी, सुनिल पुरी, कृष्ण मल्ल, जेनी कुबर, संजय खतिवडा, डा. घनश्याम खतिवडा, प्राबिधिक संघका अध्यक्ष पुस्कार लामा लगायतको उपस्थिती थियो ।

काठमाडौँमा जन्मिएका राणा पछिल्लो समय हाडीगाउमा बस्दै आएका थिए । नेपाली सेक्सपियर नामले समेत कलाक्षेत्रमा चिनिने उनका एक श्रीमती र दुई छोरी छन् ।
१०० बढी चलचित्रमा अभिनय गरेका राणा पछिल्लो केही समययता आर्थिक तथा मानसिक समस्याबाट गुज्रिनु परेको थियो ।
वि.सं. २०४१ सालमा फिल्म ’अन्याय’बाट चलचित्र अभिनयमा डेब्यु गरेका उनको ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, ‘कसले र्चोयो मेरो मन’, ‘सेतो बाघ’ लगायतका चलचित्र सम्झना लाएका छन् ।

‘सिद्धार्थ’ र ‘वसन्ती’ जस्ता चर्चित नाटकको समेत निर्देशन गरेका राणाले थुप्रै नाटक र टेलिसिरियलमा समेत काम गरेका छन् ।
पछिल्लो समय उनले उज्वल घिमिरे निर्देशित ‘लभ स्टेसन’मा अभिनय गरेका थिए । जसको डबिङ गर्न बाँकी रहेको छ ।

उनको एक छोराको केही अघि दुर्घटनामा निधन भएको थियो । छोराको निधन पछि उनी मानसिक तनावमा देखिँदै आएको अग्रज कलाकार नीर शाहले बताए ।
एक विद्यालयमा अंग्रेजी शिक्षकको भूमिका समेत निर्वाह गरेका उनले नेपालका अलावा लामो समय मुम्बईको थिएटर समेत काम गरेका थिए ।
उनी नेपालका राणा प्रधानमन्त्री पद्म शमशेरका नाती हुन् भने उनका पिता नरेन्द्र शमशेर शास्त्रीय संगीतका चिनिएका कलाकार थिए ।

उनको निधनले नेपालले एउटा भर्सटाइल अभिनेता गुमाएको निर्देशक तुलसी घिमिरे बताए ।
पशुपतिमा पुगेका कलाकारले राणाको काजक्रियाका लागि आर्थिक सहयोग समेत गरेका थिए । उनको क्रियाकर्मका लागि पशुपतिमै ब्यवस्था मिलाइएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण