म कृष्ण भगवानको भक्त हुँ, भजन पनि गाउँछु : अभिनेता अनमोल
पछिल्लो समयका सबैभन्दा चर्चित अभिनेता हुन् अनमोल केसी । उनको पछाडि फिल्म बनाउने निर्माता निर्देशकको लाइन लाग्ने गर्दछ । तर उनी भने वर्षमा एक वा दुई फिल्म मात्र छानेर गर्ने गरेका छन् ।
सायद, त्यसैले पनि होला उनको फिल्म आउने बेला दर्शकमा बेग्लै खालको उमङ्ग देख्न सकिन्छ । युवापुस्ताले सर्वाधिक रुचाएका अभिनेता अनमोल अभिनित नयाँ फिल्म ‘क्याप्टेन’ आजबाट शुक्रबारबाट प्रदर्शनमा आएको छ । भुवन केसीको निर्माण तथा दिवाकर भट्टराई निर्देशित यो फिल्ममा उनले फुटबल खेलाडीको भुमिका निर्वाह गरेका छन् ।
एक फुटबलरको जीवन संघर्ष देखाइएको फिल्म आफ्ना लागि बिषेश रहेको अनमोलले बताए । फिल्ममा उनले दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् । यी नै अभिनेता अनमोलसँग रातोपाटीको दश प्रश्नः
‘क्याप्टेन’ चलचित्रबाट कस्तो आशा गर्नुभएको छ ?
– यो फिल्मको विषयवस्तु राम्रो छ । फुटबल खेलाडीको संघर्ष र रोमान्सको कथा फिल्मले उठाएको छ । फुटबल खेलाडीको रियालटीसँग नजिक रहेर ‘क्याप्टेन’ निर्माण गरिएको भएकोले दर्शकको साथ राम्रो रहने विश्वास छ । मेरो पहिलेका फिल्मले गरेको भन्दामाथि व्यवसाय गर्न सफल हुनेछ ।
फुटबल खेललाई कसरी हेर्नुहुन्छ ?
फुटबल सबैभन्दा धेरै क्रेज भएको खेल हो । एउटा फुटबल खेलाडीले पाउने सम्मान अरु कसैले पनि पाउन सक्दैन । फुटबल खेल्न धेरै परिश्रम पनि गर्नुपर्दाे रहेछ । खेलेको त थिइन । तर फुटबलको म पहिले देखिनै क्रेजी थिए ।
किन बन्यो ‘क्याप्टेन’ ?
– फुटबलका धेरै फ्यान छन् । हामीले सोचे जस्तो अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको विकास हुन सकिरहेको छैन । फुटबलको विकाश हुनपर्छ भनेर सपोट गर्न र फुटबल प्रति क्रेज बढाउन ‘क्याप्टेन’ तयार गरिएको हो । हाम्रो खेलाडीले उपाधि जितोस् भन्ने मात्र हैन । जित्नका लागि के–के आवश्यक रहेछ भन्ने समेत ‘क्याप्टेन’ले फिल्ममा प्रस्तुत गरेको छ । ‘क्याप्टेन’ले खेलाडीलाई उर्जा दिन्छ ।
फुटबल खेलाडी कतिको रोमान्टिक हुँदो रहेछन् ?
खेलाडी पनि मानिस नै हो । सबै मानिसको लभ र रोमान्स चाँहिन्छ । फुटबलर झन् रोमान्टिक हुँदो रहेछन् । त्यसैले त हाम्रो फिल्ममा मसँग दुई नायिका छन् ।
फेसनबारे तपाईंको भनाई ?
फेसनमा मेरो रुची पटक्कै छैन । तर हिरो भएर कस्तो फेसन गरेको भनेर अरुले भन्ने डरले सुहाउँदो लुगा लगाउने गरेको छु । फेसन फलो गर्दिन । सजिलो पहिरन प्रयोग गर्छु । फेसनमा मेरो भन्दा धेरै रुचि बुबाको छ ।
फिटनेशमा कतिको ध्यान दिनुहुन्छ ?
– म एउटा खाली कागज हुँ । फिल्मका लागि निर्देशकको जे माग छ । म आफुलाई त्यसमा ढाल्छु । त्यसैले जिम जाने बढी बनाएर बस्ने कहिलै गर्दिन ।
तपाईं कस्तो केटा ?
– म अरु जस्तै सामान्य केटा नै हुँ । मैले खाने पनि दालभात नै हो । केही अल्छी पनि छु । अभिनयका लागि गर्नुपर्ने क्यारेक्टरमा मात्र मिहिनेत गर्छु ।
फुर्सदको समय ?
धेरै भन्दा धेरै फिल्म हेर्छु । पछिल्लो समय नेपाली भाषाका पुस्तकहरु अध्यायन गरिरहेको छु । म कृष्ण भगवानको भक्त हुँ । उनको भजन गाउँछु । मन्दिरहरु जान्छु ।
कुन अभिनेत्रीसँग काम गर्ने इच्छा छ ?
नम्रता श्रेष्ठसँग फिल्ममा काम गर्न मन लागेको छ । निरुता सिंहसँग पनि काम गर्ने रहर थियो । त्यो क्याप्टेनले पुरा गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण