त्यो प्रेमपत्र प्रिन्सिपललाई दिएँ– अभिनेत्री निरिशा
निरिशा बस्नेत आजैबाट प्रदर्शनमा आएको फिल्म ‘जानी नजानी’की अभिनेत्री हुन् । उनको यो डेब्यु फिल्म हो । प्रेमकथामा बनेको यो फिल्ममा उनले मनिष श्रेष्ठसँग रोमान्स गरेकी छन् । ‘जानी नजानी’ उनको अभिनयमै डेब्यु भने होइन । उनले यस अगाडि बलिउडको धाराबाहिक सिरियल ‘चन्द्र नन्दनी’मा पनि काम गरेकी थिइन् । पुराना नायक विश्व बस्नेतकी छोरीसमेत रहेकी उनी नृत्य गर्न रुचाउँछिन् । ‘जानी नजानी’को चर्चाले अहिले उनलाई थुप्रै फिल्मका अफर आइरहेका छन् । पहिलो फिल्मको रिजल्ट नहेरी अन्य फिल्म नगर्ने मनसायकी निरिशासँग रातोपाटीका दस प्रश्न ।
डेब्यु फिल्म आजैबाट प्रदर्शनमा आएको छ, हैन ?
हो । त्यसैले त म एकदमै एक्साइटेड छु । डर पनि लागिरहेको छ । प्रदर्शन अगाडि फिल्म हेर्नेले राम्रो भनेका छन् । फिल्म प्रचारका लागि सार्वजनिक गीत तथा ट्रेलरले त चर्चा पाएका छन् नै । तर फिल्म के हुने हो भन्ने धेरै डर लागेको छ ।
आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?
ध्यान दिन्नुपर्छ । यो भन्दैमा मेकअप धेरै गर्नेमा म पर्दिनँ । नेचुरल्ली हिँड्न बढी रुचाउँछु । फिल्मको प्रचारको समयमा पनि मलाई धेरैले देख्नुभएको होला । सुत्नु अगाडि फेसवास, उठ्ने बित्तिकै फेसवास गर्ने बानी छ । अन्य मेकअप सामान्य गर्छु । मेरो अनिवार्य मेकअप लिबिस्टिक हो । यो कहिल्यै छुटाउँदिनँ ।
फिटनेस गर्नु हुन्छ ?
पहिले गर्थें । अहिले फिल्मको प्रमोसनले गर्दा बीचमा छाडेको थिएँ । फेरि सुरु गर्दैछु । फिटनेसका लागि दैनिक एकघण्टा योगा गर्छु ।
फेसनमा त रुचि पक्कै होला हैन ?
– रुचि छ । ट्रेन्डअनुसार चल्ने गरेको छु । सबै प्रकारको पहिरन मलाई सुहाउँछ । मलाई क्युट एन्ड हट देखिने भनेको फ्रकमै हो ।

सपना ?
अभिनयमा भर्खर आएकी छु । चर्चित र सफल अभिनेत्री बन्ने सपना छ ।
मनपर्ने खाना ?
मासु र भात एकदमै मनपर्छ ।
प्रेममा हो ?
छैन, छैन । अहिले म एकदमै व्यस्त छु । कहिले मुम्बई र कहिले नेपाल ओहोर दोहोर गरिरहेकी हुन्छु । फेरि प्रेममा मलाई विश्वास पनि छैन ।
पहिलो प्रेम प्रस्ताव ?
५ कक्षामा अध्यायन गर्दै थिएँ । आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले प्रेमपत्र दिएका थिए । त्यो प्रेमपत्र मैले प्रिन्सिपललाई दिए ।
रुचि ?
नृत्य गर्न एकदमै मनपर्छ ।
मनपर्ने केटा ?
झुट बोल्ने धेरै पुरुषको सङ्गतले म धेरै पटक पछुताएकी छु । त्यसैले झुट नबोल्ने केटा राम्रो लाग्छ । अन्य, योग्यता चाहिँ हेर्दा राम्रो र बौद्धिक पनि हुनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण