स्पेसल व्यक्ति रोज्ने बेला बल्ल भयो– अभिनेत्री सुरजनी
काठमाडौँ– फिल्म ‘पसिना’की हिरोइन् हुन्–सुरजनी केसी । २७ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्म उनको चौथो फिल्म हो । फिल्म ‘पसिना’को प्रदर्शन मिति नजिकिँदै गर्दा उनी पनि चर्चामा छाउन थालेकी छन् ।
फिल्मको प्रचार प्रसारले अहिले उनलाई असार पन्ध्र्र लागेको छ । ‘पसिना’ आफ्नो महत्त्वाकाङ्क्षी फिल्म भएको उनले बताइन् । आरबी खत्री ‘शरद’ निर्देशित फिल्ममा अनु शाह र गौरव पहाडीको पनि मुख्य भूमिका रहेको छ ।
यी दुवै कलाकारले प्रचारमा साथ नदिँदा उनलाई चटारो परेको हो । यसमा उनी खुसी पनि छिन् । किनभने सबैतिर मिडियामा छाउने अवसर जो मिलेको छ ।
‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्ममा लभर गर्लको भूमिका निर्वाह गरेकी थिइन् । शान्ता ढकालको निर्माण रहेको ‘पसिना’मा साधारण युवतीको भूमिका निर्वाह गरेकी केसी रियल लाइफमा भने हट एन्ड बोल्ड भएर हिँड्न रुचाउँछिन् । यी नै अभिनेत्री सुरजनीसँग रातोपाटीको दस प्रश्न :
‘पसिना’ रिलिज हुँदैछ, खुसी त पक्कै लागेको होला ?
– यस अगाडिका तीन फिल्मभन्दा ‘पसिना’मा मेरो फरक भूमिका छ । पहिलो फिल्म अभिनय गर्दा म टेलिभिजन प्रस्तोता (भीजे) थिएँ । त्यति बेला खासै अभिनय गरेको फिल भएन । त्यसपछिका दुई फिल्ममा मैले प्रेमिकाको भूमिका निर्वाह गरे । यी तीन फिल्मभन्दा पसिनमा केही भिन्न कमेडी गरेर हसाउने भूमिका निर्वाह गरेकी छु । अहिलेसम्मकै फरक भूमिका भएकाले फिल्मको रिलिजलाई लिएर एक्साइटेड छु ।
हट एन्ड बोल्ड नायिकाको रूपमा चर्चा छ नि ?
–यो मिडिया तथा दर्शकले दिएको ट्याग हो । उहाँहरुले मलाई हट एन्ड बोल्ड देख्नुभयो होला । यो चर्चाबाट म खुसी छु ।
आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?
– आफ्नो सौन्दर्यमा त ध्यान त दिनुपर्छ नि । छालाको सुरक्षा गर्नुपर्छ । कार्यक्रम तथा पार्टी परेको समय विशेष मेकअप गर्छु । अन्य समय सन्ब्लक, मस्कराइजर, मस्कारा र लिपस्टिक जस्ता नर्मले मेकअप लगाउँछु ।

फिट्नेस गर्ने गरेको छ, छैन ?
– पहिले फिट्नेस गर्थें । केही समय भयो गरेको छैन । कामले गर्दा समय दिन नपाएको हो । त्यसैले अहिले मोटाएकी छु । पहिले एक घण्टा जुम्बा, एक घण्टा जिम गर्थंे । अहिले गर्मी लागेपछि पौडी खेल्न थालेकी छु । केही समयपछि जिम पनि जान्छु ।
फेसनतिर रुचि त पक्कै होला ?
– रुचि छ । हाइट कम भएकाले छोटो लुगा बढी लगाउँछु । फ्रक, वानपिस, स्कर्ट खालका ड्रेस मनपर्छ । यस्ता खालका पहिरनमा नै म हट एन्ड बोल्ड देखिन्छु ।
मन पर्ने सवारी साधन ?
– काठमाडौँमा सवारीको चाप धेरै छ । त्यसैले सही ठाउँमा भनेकै समयमा पुग्न सकिने स्कुटी र मोटरसाइकलले नै हो । मेरो मनपर्ने सवारी साधन पनि यही हो ।
कस्ती केटी ?
– म सिम्पल छु । सबैको ख्याल गर्न सक्छु । साथी बनाउनुपर्यो भने मनबाटै बनाउँछु । सबैसँग बोल्न, हाँस्न सजिलै सक्छु । एक पटक भेटेको मानिससँग घुलमिल गर्न गाह्रो पर्दैन । म फ्रेन्ड्ली छु ।
प्रेम ?
–कामसँग, साथीभाइसँग, आफन्तसँग प्रेम छ । स्पेसल व्यक्ति अहिलेसम्म कोही छैन । भर्खर उमेर भएको छ । स्पेसल व्यक्ति रोज्ने बेला बल्ल भयो । प्रेमका आफर त धेरै पहिलेदेखि आइरहेका छन् । त्यसका लागि भर्खर बुझ्न थालेको छु ।
मनपर्ने केटा ?
–हेर्दा राम्रो, समझदार, आफ्नो ख्याल गर्ने, धेरै माया गर्ने यही नै हो ।
रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– हलिउड हिरो लियोनार्दाे डिक्याप्रियोसँग जान चाहन्छु । मेरो मनपर्ने हिरो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण