‘घर’ मा बेनिशाको बोल्ड अवतार
काठमाडौँ । फिल्म ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको समय अभिनेत्री बेनिशा हमालको खुबै चर्चा भएको थियो । दृष्टिविहीन सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा उनले सृष्टिको भूमिका निर्वाह गरेकी थिइन् ।
फिल्ममा निर्वाह गरेको भुमिका मात्र होइन उनको अभिनयको समेत सो समय चौतर्फी तारिफ भयो । तर, फिल्मले भने राम्रो व्यावसाय गर्न सकेन । फिल्मले व्यावसाय गर्न नसकेपछि उनको चर्चा त्यसै सेलाएर गयो ।
बेनिशा अहिले फेरि चर्चामा छाएकी छन् । यति बेला चर्चाको बिषय उनको अर्काे फिल्म ‘घर’ बनेको छ । ‘घर’ हरर बिषयमा निर्माण भएको फिल्म हो । फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

एकपछि अर्काे फिल्ममा लगातार असफलता भोगिरहेकी बेनिशालाई ‘घर’को कन्टेन्ट माथि विश्वास छ । केही दिन अगाडि आयोजित फिल्मको एक कार्यक्रममा उनले फिल्मले दर्शक पाउने विश्वास व्यक्त गरेकी छिन् ।
हुन त नेपालमा हरर फिल्म भनेपछि नाक खुम्च्याउने परिपाटी छ । ‘घर’ रिलिज पछि दर्शकले हरर फिल्म मन हेर्ने बानी पार्ने भनाई रहेको छ ।

हुन त ‘घर’मा बेनिसाको लुक्स पनि भिन्न देख्न सकिन्छ । फिल्मका लागि उनले कपाल समेत खैरो रङ्गाएकी छन् । आफ्नो नयाँ लुक्स लुक्स फिल्मको डिमान्ड भएको उनी बताउँछिन् ।
फिल्ममा बेनिशाको बोल्ड अवतार देख्न सकिन्छ । चलचित्रमा निर्देशक समेत रहेका अर्पण थापासँग दिएको बेडसिनको चर्चा भइरहेको छ । फिल्मको ट्रेलरमा समेत समेटिएकोउक्त सिन कथाको माग रहेको उनको भनाई रहेको छ । ‘भूमिकाको बिषयमा धेरै बोल्दा सस्पेन्स खुल्छ’ उनले भनिन्, ‘यति मात्र भन्छु बेडसिनमा दर्शकले आँखा छोप्नु पर्दैन ।’

फिल्ममा उनले ‘भूत’को भूमिका निर्बाह गरेको प्रचार सामाग्रीबाट पनि अनुमान लगाउन सकिन्छ । तर उनी भने भूमिका यहि हो भनेर खुलाउन नमिल्ने बताउँछिन् । भन्छिन् ‘सबै कुरा पहिले नै थाहा भएपछि फिल्म हेर्नुको मज्जा हुँदैन ।’

अभिनेत्री सुरक्षा पन्त र अर्पण थापाको पनि मुख्य भूमिका रहेको फिल्म अभिनेता थापाले नै निर्देशन गरेका हुन् । दीपेन्द्र के खनाल र सर्मिला पाण्डेले मिलेर यो फिल्म बनाएका हुन् ।

तस्विर : कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण