‘अटेरी कर्मचारीलाई बर्खास्त गरिने’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् ।
उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे । मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको
जानकारी दिए ।
मन्त्री पण्डितले भने, “केही कर्मचारीले अझै पनि अटेर गरेका छन्, त्यस्ता कर्मचारीलाई सरकारले बर्खास्तसम्म गर्न सक्छ । ” सरकारले बाढी र पहिरोलाई ध्यानमा राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई जहाँजहाँ कार्यरत छन्, त्यही कार्यालयमा रहेर केही महिना सेवा प्रवाह गर्न निर्देशन दिएको मन्त्री पण्डितले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण