समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रुपनारायण श्रेष्ठ
काठमाडौ – तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकता भएपछि बनेको समाजवादी पार्टीको विद्यार्थी संगठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् ।
तत्कालीन नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष श्रेष्ठलाई नवगठित समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चयन गरिएको हो ।
आइतबार ललितपुरमा आयोजित दुई विद्यार्थी संगठन समायोजन कार्यक्रमबाट २९ सदस्यीय पदाधिकारी समेत घोषणा गरिएको छ ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा रमेश यादव चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई र दिपेश यादव रहेका छन् ।
त्यस्तै, महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दंगाल रहेका छन् ।
नवनिर्वाचित सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामब। भण्डारी, सुजिब गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा रहेका छन् । कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।
समायोजन कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका पदाधिकारीले शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण