मुसीकोट नगरपालिका मेयर सापकोटा जापानमा सम्मानित
बुटवल । गुल्मीको मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहितका ३ जना जनप्रतिनिधि जापान भ्रमणमा पुगेका छन् । उनीहरुलाई जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संगठनहरुले स्वागत कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेका छन् ।
अर्याल सेवा समाज जापानले मेयर सापकोटा , सोही नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले , वडा नम्वर ८ का वडाध्यक्ष नारायण सापकोटालाई अभिनन्दन गरिएको हो ।
गुल्मी कै ईन्द्रेगौडा घर भएका अर्यालय सेवा समाज जापानका अध्यक्ष गोविन्द्र प्रसाद अर्याललेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा हरितालिका तीज विशेष कार्यक्रममा तीनै जना जनप्रतिनिधि र नेपालबाट गएका बुवा आमाहरुलाई पनि नचाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बिदेशमा रहेका अर्लाङ्घकोट, वामी, कुर्घा , आँपचौर सहितका मुसिकोटवासीले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगमी दिनमा पनि वैदेशिक रोजगारमा रहेका मुसिकोटवासीको सहयोग र सहकार्य खाँचो रहेको धारणा राखेका थिए ।
मुसिकोट नगरपालिकाले अगाडी सारेको लघु जलविद्युत लगायतको उद्यम विकासमा बैदेशिक रोजगारमा रहेका नगरवासीको लगानी भित्राउने उद्देश्यका साथ भदौं ७ गते नेपालबाट जापान पुगेका मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु भदौं २० गते नेपाल फर्किने कार्यक्रम रहेको अर्याल समाज जापानका अध्यक्ष्ँ गोविन्दप्रसाद सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण