पारिश्रमिक र सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण
पोखरा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबारै पाँच–पाँचप्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका हुन् ।
प्रदेश प्रमुख कुँवरले नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाख अधिकृत सुरणप्रसाद शर्मा पौडेलले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र गण्डकी प्रदेशको प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक–एक प्रति शुक्रबार नै पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण