सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेस एकजुट हुनुको विकल्प छैन : महामन्त्री कोइराला

शनिबार, १४ भदौ २०७६, २१ : ३४
शनिबार, १४ भदौ २०७६

स्याङ्जा – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

नेपाल महिला सङ्घको ७२औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताए ।

महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाए । उनले सरकारलाई सच्चिन आग्रह गरे ।

‘सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ’, उनले भने । उनले अब काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप