पहिरोमा परेर भोजपुरमा १ जनाको मृत्यु
भोजपुर– भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । उनले भने, ‘शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनुभएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।’
सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण