राष्ट्र बैंक भन्छ: सर्वसाधारणको रकम सुरक्षित छ
काठमाडौं-नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कुरा गर्दै भने, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उनले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिए ।
चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र रु एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त रु भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भने, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन गर्छौ ।”
उनले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकर्ता अपनाउनसमेत निर्देशन दिइएको छ । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालिएको छ ।
प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण