ऋण लिन दोहोरो विवरण पेश गर्ने व्यवसायीलाई झड्का
शुक्रबार, २० भदौ २०७६, १६ : ३८
काठमाडौं– नेपाल राष्ट्र बैंकले ऋणका लागि दोहोरो वित्तिय विवरण बुझाउने नपाइने व्यवस्था गरेको छ । ऋणका लागि व्यवसायीले कर कार्यालयमा एउटा र बैंकमा अर्को विवरण बुझाउने क्रम बढेपछि त्यसलाई रोक्न फरक–फरक विवरण पेश गर्न नपाउने व्यवस्था केन्द्रिय बैंकले गरेको हो ।
बैंक तथा वित्तिय संस्थाले व्यावसायीक ऋण प्रवाह गर्दा आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणालीमा ऋण लिन चाहने ऋणीले भर्नुपर्ने वित्तिय विवरणसँग सम्बन्धित सूचना र उक्त सूचनाको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य प्रविष्ट गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तिय संस्थाले उक्त प्रणालीमा पहुँचका लागि आवश्यक युजरनेम र पासवर्ड तथा अन्य सुचना आफु दर्ता रहेको कर कार्यालयबाट पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण