ट्रम्प महाभियोग मामलाः कल डिटेल्समा आरोप पुष्टि
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्सीबीच फोनमा भएको कुराकानीको डिटेल्स जारी गरेको छ जसका कारण ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भइसकेको छ ।
उक्त कुराकानीमा ट्रम्पले जेलेन्सीलाई २५ जुलाईमा डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेद्वार जो बाइडेन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध अनुसन्धान सुरु गर्न भनेका छन् ।
ट्रम्पले राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अभियान चलाएको र बाइडेनको छविमाथि धब्बा लगाउनका लागि युक्रेनको अमेरिकी सैन्य सहायता बन्द गर्ने कुरा गरेको आरोप अस्विकार गरेका छन् ।
ट्रम्प र युक्रेनका राष्ट्रपति बीच यो कुराकानी ‘ह्विसल ब्लोअर’को उजुरीपछि सार्वजनिक भएको हो ।
गत मंगलबार ट्रम्पले बचन दिएका थिए, ‘कुराकानीको पूरा डिटेल्स अर्थात् स्क्रिप्ट जारी गरिनेछ ।’
तर बुधबार जुन विवरण जारी गरियो त्यो अमेरिकी अधिकारीले कुराकानीको क्रममा टिपोट गरिएको नोट्स हो ।
ट्रम्पले जेलेन्स्कीसामू अमेरिकी उपराष्ट्रपति जो बाइडेनले युक्रेनका शीर्ष सरकारी वकिल भिक्टर शौकिनलाई हटाउनका लागि दबाब दिएको बताएका थिए ।
शौकिनको अफिसले जो बाइडेनका छोरा हन्टर बाइडेन बोर्डका सदस्य भएको उक्त नेचुरल ग्यास कम्पनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।

Photo: EPA
यद्यपि, पश्चिमी अधिकारीले शौकिनले भ्रष्टाचारको मामलामा नरम व्यवहार देखाउने भएकाले उनलाई हटाइएको बताएका छन् ।
ट्रम्पले फोनमा गरेको आफ्नो कुराकानीमा भने, ‘अर्को कुरा यो हो कि बाइडेनका छोरा बारे अत्यधिक चर्चा छ । बाइडेनले अनुसन्धान रोकेका थिए तर धेरै मानिसहरु अनुसन्धान भएको हेर्न चाहन्छन्, त्यसकारण तपाईं जे गर्न सक्नुहुन्छ त्यो राम्रो हुनेछ ।’
ट्रम्पले भनेका छन्, ‘बाइडेनले अनुसन्धान रोकिएकोमा घमण्ड गरिरहेका छन्, त्यसकारण तपाईंले यो मुद्दा हेर्नुहोस् । यो मलाई भयानक लाग्छ ।’
उक्त कुराकानीमा ट्रम्पले जेलेन्स्कीसँग अमेरिकी अटोर्नी जनरल विलियम बार र राष्ट्रपतिका निजी वकिल रुडोल्फ गियलियानीसँग पनि सम्पर्क गर्न भनिरहेका छन् ।
के हो महाभियोग ?
अमेरिकी संविधानका अनुसार राष्ट्रपतिले देशद्रोह, भ्रष्टाचार र अन्य संगीन अपराधमा महाभियोगको सामना गर्नुपर्छ ।
अमेरिकामा महाभियोगको प्रक्रिया हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट सुरु हुन्छ र यसलाई पास गर्नका लागि साधारण बहुमतको आवश्यकता पर्छ ।
यसमाथि सिनेटमा एउटा सुनुवाई हुन्छ तर यहाँ महाभियोग पारित गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता पर्छ ।
अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाउन सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण