अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए ।
त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ ।
प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ । केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए ।
यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस गोलीकाण्डको बारेमा यहाँको प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा/Photo: foxnews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण