दूध पिउनुभन्दा बियर पिउनु फाइदाजनक
मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ । त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ ।
शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् ।
तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ । पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ ।
त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, मधुमेह र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको दाबी गरेको छ ।
पेटाले यस्तो दाबी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो ।
बियरलाई अल्कोहल बेभरेज मानिन्छ । यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ । त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ ।
बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ । मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ ।
त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ । यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण