कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल’ सम्मान
काठमाडौं– नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्षको ‘हेम बहादुर मल्ल’ पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको हो । उक्त पुरस्कार यहि पुष ११ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ ।
स्व. मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेसनमा विशेष योगदान पुर्याएका थिए । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहेका थिए ।
यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण