झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत
आइतबार, ०५ माघ २०७६, ०७ : ३३
पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ ।
पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो ।
साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।
भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण