रौतहटमा प्रहरीद्वारा लाखौं मूल्य बराबरको अवैध सामान बरामद
रौतहट । रौतहटमा प्रहरीले लाखौं मूल्य बराबरका विभिन्न अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो । प्रहरीले गौर नगरपालिका १ स्थित सिमावर्ती भारतीय बजारबाट तस्करले भन्सार छलेर भित्र्याएका ६ लाख २४ हजार बराबरको अबैध भारतीय सामान बरामद भएको जनाएको छ ।
भन्सार छलेर गौरमा भित्र्याएको रेडिमेड कपडा, साडी, कुर्ता, जिन्स पाईन्ट तथा केही किराना लागयतका अबैध सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका । बरामद सामान आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उता, बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका–७ खजानीस्थित एकघरमा भण्डारण गरिराखेको १० लाख ३१ हजार मूल्य बराबरको बिभिन्न किराना सामान प्रहरीले बरामद गरेको छ । बरामद सामान आवश्यक कार्वाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण