छत्रदेव गाउँपालिकामा मास्क उत्पादन सुरु
जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए ।
कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैँ उत्पादनमा ध्यान दिएको उनले बताए । “छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।”
पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उनले बताए । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण