हिमालयन बैंकले प्रयोग गर्न थाल्यो स्यानिटाइजर तथा थर्मल गन
काठमाडौं– नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरुलाई आत्मसाथ गर्दै हिमालयन बैंकले यस महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ ।
आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ ।
त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग सम्पर्क गर्नु पर्ने भएकोले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तपक्रम नापि निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसंग आवश्यक परामर्श गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण