कच्चा तेलको मूल्य शून्यभन्दा तल झरेपछि ट्रम्पले भने, ‘यो धेरैका लागि निकै रोचक’
मङ्गलबार, ०९ वैशाख २०७७, ०७ : ३७
कच्चा तेलको मूल्य पहिलो पटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘एक स्तरमा यो धेरैका लागि निकै रोचक’ भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कच्चा तेलको मूल्यमा गिरावट आएपछि आफ्नो पेट्रोलियम भण्डार भर्न चाहेको जानकारी दिएका छन् । उनले भने, ‘हामी आफ्नो पेट्रोलियम भण्डार, कूटनीतिक भण्डार भरिरहेका छौं । हामी करिब ७.५ करोड ब्यारल रिजर्भ राख्न चाहन्छौं ।’
राष्ट्रपति ट्रम्पले आफ्नो सरकारले तेलको मूल्यलाई ठिक ठाउँमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कोरोनाभाइरसका कारण कच्चा तेलको माग घटेको र भण्डारको कमीका कारण तेलको मूल्य भारी गिरावट आएको बताइन्छ ।
ब्लूमबर्गको एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य पहिलो पटक माइनसमा पुगेको छ । यसले सन् १९४६ को रेकर्ड तोडेको ब्लूमबर्गले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण