कच्चा तेलको मूल्य शून्यभन्दा तल झरेपछि ट्रम्पले भने, ‘यो धेरैका लागि निकै रोचक’
मङ्गलबार, ०९ वैशाख २०७७, ०७ : ३७

कच्चा तेलको मूल्य पहिलो पटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘एक स्तरमा यो धेरैका लागि निकै रोचक’ भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कच्चा तेलको मूल्यमा गिरावट आएपछि आफ्नो पेट्रोलियम भण्डार भर्न चाहेको जानकारी दिएका छन् । उनले भने, ‘हामी आफ्नो पेट्रोलियम भण्डार, कूटनीतिक भण्डार भरिरहेका छौं । हामी करिब ७.५ करोड ब्यारल रिजर्भ राख्न चाहन्छौं ।’
राष्ट्रपति ट्रम्पले आफ्नो सरकारले तेलको मूल्यलाई ठिक ठाउँमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कोरोनाभाइरसका कारण कच्चा तेलको माग घटेको र भण्डारको कमीका कारण तेलको मूल्य भारी गिरावट आएको बताइन्छ ।
ब्लूमबर्गको एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य पहिलो पटक माइनसमा पुगेको छ । यसले सन् १९४६ को रेकर्ड तोडेको ब्लूमबर्गले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?