व्यापार घाटा सुध्रियो, लकडाउनमा सवा २ खर्बको सामान भित्रियो
आइतबार, ११ साउन २०७७, १७ : ४५
काठमाडौं । गत आर्थिक वर्ष (२०७६/७७) मा व्यापार घाटामा सुधार आएको तथ्याँक भन्सार विभागले सार्वजनिक गरेको छ । एक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कमी आएको छ । यस अवधिमा मुलुकको व्यापार घाटा ११ खर्ब ६४ करोड २३ लाख रुपैयाँ छ । आयात १५.६३ प्रतिशतले घट्दा समग्र व्यापार घाटा साँघुरिएको हो ।
यद्यपि, कोरोना भाइरसको कारण भएको लकडाउनकै समयमा विदेशी मुलुकबाट मात्रै २ खर्ब १४ अर्ब २६ करोड ४२ लाख रुपैयाँ बरारबरको सामान आयात भएको छ । चैत १ गतेदेखिको तथ्याँकमा सो रकम बराबरको सामान आयात भएको हो । लकडाउन चैत ११ गतेदेखि भएको थियो ।
गत वर्ष ०.९८ प्रतिशतले निर्यातमा कमी आएको छ । ९६ अर्ब १५ करोडको निर्यात हुँदा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण