सबैभन्दा महँगो सेयर भाउ भएको युनिलिभरको सेयरधनीलाई झड्का, लाभांश घट्यो
आइतबार, ११ असोज २०७७, १३ : ०६
युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (२०७६/७७) को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ प्रतिकित्ता १९ हजार ४०४ रुपैयाँ छ ।
यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ कार्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन