सबैभन्दा महँगो सेयर भाउ भएको युनिलिभरको सेयरधनीलाई झड्का, लाभांश घट्यो
आइतबार, ११ असोज २०७७, १३ : ०६
युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (२०७६/७७) को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।
युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ प्रतिकित्ता १९ हजार ४०४ रुपैयाँ छ ।
यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ कार्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण